मिति : १३ वैशाख २०८१, बिहिवार
15th Baisakh 2081, Saturday
3:00 PM to 5:00 PM
100 shareholders (who joins first)
Note : Please enter valid 13-digit Application ID on search bar to get meeting link.
१५ वैशाख २०८१, शनिवार
बेलुका ३:०० बजे देखी ५:०० बजे सम्म ।
१०० जना लगानिकर्ता (पहिले जोडिने)
नोट : मिटिङ लिन्क प्राप्त गर्नको लागि कृपया आफ्नो १३ अंकको Application ID ले माथि search गर्नुहोस् ।
मिति : २ वैशाख २०८१, आइतवार
यस कम्पनीको मिति २०८० फागुन ०२ गते कम्पनीको संचालक समितिको सदस्य पदको दरखास्त आव्हान गरिएकोमा कम्पनीको शेयरधनी महानुभावभावहरुबाट प्राप्त आवेदन उपर संचालक समितिले लिएको प्रारम्भिक छनोट र अन्र्तवाता द्वारा निम्म बमोजिम का शेयरधनीहरुले छनोट प्रकिृयामा उच्च अंक प्राप्त गर्नुभएको हुँदा मिति २०८०/१२/२५ गतेको संचालक समितिको बैठकले निम्न बमोजिमका शेयरधनीहरुलाई संचालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हुँदा सम्पुर्ण शेयरधनीहरुको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।
तपसिलः
| क्र.स. | नाम | शेयरधनी नं. |
|---|---|---|
| १. | कृष्ण प्रसाद सापकोटा | १२२५ |
| २. | सुनेत्र प्रधानाङ्ग | ३१ |
साथै, यस कम्पनीको संचालक समिति हाल तपसिल बमोजिम कायम रहेको व्यहोरा यसै सुचना मार्फत जानकारी गराउदछौँ ।
तपसिलः
| क्र.स. | नाम |
|---|---|
| १. | केशब प्रसाद श्रेष्ठ – संचालक अध्यक्ष |
| २. | श्रीप्रसाद बस्ताकोटी – संचालक सदस्य |
| ३. | बिशेष बिभु आचार्य – संचालक सदस्य |
| ४. | कृष्ण प्रसाद सापकोटा – संचालक सदस्य |
| ५. | सुनेत्र प्रधानाङ्ग – संचालक सदस्य |
नोटःरिक्त पदको दरखास्त आव्हान गर्दाको समयमा १ जना संचालक माग गरिएको भएता पनि छनोट प्रकृया पुर्व नै थप १ जना संचालकले राजिनामा गर्नुभई स्विकृत समेत भएकोले संचालक समितिको बैंठकले २ जना सदस्यलाई नियुक्त गरिएको ।
मिति : २ फागुन २०८०, बुधवार
यस कम्पनीका १ जना संचालकले राजीनामा दिनुभएकोले संचालकको पद रिक्त हुन आएको हुँदा परिपूर्ति गरिनुपर्ने भएकोले पारदर्शिता कायम गरि प्रकृयाबद्ध ढंगले संचालकहरुको नियुक्ति गरिनु वाञ्छनीय भएकोले निम्न शर्तहरुको अधीनमा रहने गरि यो सूचना प्रकाशित गरिएको छ ।
१) संचालकहरुले हप्ताको १ दिन (आईतवार) र अँग्रेजी मासिक १ गते अनिवार्य रुपमा बैठक बस्ने र समय दिनुपर्नेछ ।लक्ष्य होल्डिंङ्गस् लि. का शेयरहोल्डरहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तल दिईएको लिङ्क मार्फत डिजिटल फारम भरि संचालक बन्न चाहेको जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।
लक्ष्य होल्डिंग्स् लि.
उत्तरढोका, लाजिम्पाट, काठमाण्डौं
फोनः ५९७०१४०, इमेल
,
मिति : २० चैत २०७९, सोमवार
यस कम्पनीका २ जना संचालकहरुले राजीनामा दिनुभएकोले संचालकहरुको पद रिक्त हुन आएको हुँदा परिपूर्ति गरिनुपर्ने भएकोले पारदर्शिता कायम गरि प्रकृयाबद्ध ढंगले संचालकहरुको नियुक्ति गरिनु वाञ्छनीय भएकोले निम्न शर्तहरुको अधीनमा रहने गरि यो सूचना प्रकाशित गरिएको छ ।
१) संचालकहरुले हप्ताको १ दिन (आईतवार) र अँग्रेजी मासिक १ गते अनिवार्य रुपमा बैठक बस्ने र समय दिनुपर्नेछ ।लक्ष्य होल्डिंङ्गस् लि. का शेयरहोल्डरहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत् संचालक बन्न चाहेको जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।
लक्ष्य होल्डिंग्स् लि.
उत्तरढोका, लाजिम्पाट, काठमाण्डौं
फोनः ५९७०१४०, इमेल
,
मिति : २४ पुष २०७९, आइतवार
यस कम्पनीको भावी नेतृत्व बिकास गर्ने तथा आगामी कार्यकालको लागि नेतृत्व हस्तान्तरण गर्ने उदेश्यले संचालक समितिको मातहतमा रहि कम्पनीको नेतृत्व लिन आवश्यक कामहरु गर्न गराउन बिभिन्न उपसमितिहरु निर्माणको प्रकृया आरम्भ गरिएको थियो । कम्पनीका इच्छुक शेयरहोल्डरहरुबाट आवेदन माग गरिइको थियो जसमा ५६ जना शेयरहोल्डरहरुले आवेदन दिनुभएको थियो ।
आवेदकहरुमध्येबाट भौतिक तालिममा सहभागी हुन सक्नुहुने २७ जनालाई “नेतृत्व विकास तथा व्यवस्थापन तालिम” र “कर्पोरेट व्यवस्थापन तालिम” प्रदान गरिएको थियो । तालिम पश्चात् सहभागीहरुलाई निजहरुले छनोट गर्नुभएको उपसमितिहरुको बिषय सम्बन्धित केस अध्ययन गरि प्रस्तुतिकरण समेत गर्न लगाईएको थियो ।
सो प्रस्तुतिकरणको आधारमा संचालक समितिले निम्नअनुसार उपसमितिहरुको छनोट गरेको जानकारी यो सूचनाबाट गराउन चाहन्छौं ।
व्यवसाय बिकास तथा प्रबद्र्धन उपसमिति : संयोजक - संजीव मैनाली, संचालकछनोटमा नपर्नुभएकाहरु मध्येबाट वैकल्पिक सदस्यमा राख्नेतर्फ कुनै निर्णय भएमा पछि जानकारी गराउने समेत अनुरोध गरिन्छ ।
संचालक समिति
लक्ष्य होल्डिंङ्गस् लि., उत्तरढोका, काठमाण्डौं २
मिति : १२ मंसिर २०७९, सोमवार
डा. केशव श्रेष्ठको लक्ष्य होल्डिंङ्गस् लि. र लक्ष्य क्यापिटल लि. को
कुनै पनि कम्पनी वा संस्थाको भावी पुस्ताको लागि सबल नेतृत्व लिनसक्ने बनाएर हस्तान्तरण गर्नु अपरिहार्य हुन्छ । मैले उल्लेखित कम्पनीहरुको ४ बर्षको लागि नेतृत्व गर्ने र त्यसपछि सवल नेतृत्व बिकास गरि हस्तान्तरण गर्ने कुरा कम्पनीका साधारणसभा लगायत अन्य बिभिन्न माध्यमबाट सार्वजनिक गरिसकेको छु । यसको लागि योजनाबद्ध काम गर्नका लागि यो प्रारुप बनाइएको हो ।
सबल र सक्षम नेतृत्व भन्नेवित्तिकै, खौज्नेबित्तिकै बिरलै पाइन्छ । आशालाग्दा व्यक्तिहरुबाट यसको बिकास गर्न सकिन्छ । अब यस्ता आशालाग्दा ब्यक्तिहरु कहाँ, को र कसरी खोज्ने भन्ने विधि र प्रकृया धेरै तरीकाले गर्न सकिएला । मैले आफ्नो तरीकाले निम्नानुसार गर्ने योजना बनाएको छु ।
वर्तमान कम्पनीको नेतृत्व गरिरहेको संचालक समितिको निकट सम्पर्कमा रहि व्यवहारिक कामगर्दै सिक्ने र नेतृत्वका गुणहरु बिकास गर्दै लगिनेछ । यसको लागि हाल रहेका संचालक समितिका सदस्यहरुको मातहतमा कम्पनीका कामहरु बिभिन्न क्षेत्रमा बिभाजन गरि उप समितिहरु बनाउन सकिन्छ । यस्ता उपसमितिहरुमा सदस्य बस्न इच्छुकहरुलाई बिभिन्न नेतृत्व बिकासका तालिमहरु दिंदै लगेर अन्तिममा छनोट भएकाहरुलाई समितिमा राखी कम्पनीको व्यवहारिक काम गराउँदै भावी नेतृत्व बिकास गर्दै लैजान सकिन्छ ।
कम्पनीको मूल मूल्य र मान्यताहरु — सत्यनिष्ठा, पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीपनामा आधारित भै उपसमितिहरु बन्नेछन् र तिनले काम गर्नेछन् । तिनले सम्बद्ध क्षेत्रका संचालक समिति सदस्यहरुको मातहतमा रहि काम गर्नेछन् । उनीहरुको काम, कर्तव्य, अधिकार, सुपरीवेक्षण, संचार आदि सबै कुराको प्रोटोकल सम्बद्ध क्षेत्रका संचालक समिति सदस्यहरुको मातहतमा मात्रै रहनेछ । समय बन्धित बिस्तृत कामहरु सम्बद्ध क्षेत्रका संचालक समिति सदस्यहरुले नै बनाई उपसमितिलाई निर्देशित गर्नेछन् । उपसमितिहरुको संचालक समितिमा आमन्त्रण गरेकोमा बाहेक उपस्थिति रहनेछैन ।
हरेक उपसमितिमा कम्तीमा १ जना र बढीमा ३ जना रहनेछन् । बैठक आदिमा भौतिक उपस्थिति हुन सक्ने सदस्यहरु रहनु जरुरी हुन्छ । भौतिक उपस्थिति जनाउन नसक्ने सदस्यहरु आवश्यक ठानिएमा कम्तीमा १ जना र बढीमा ३ जना वैकल्पीक सदस्यहरु रहन सक्नेछन् ।
१) व्यवसाय बिकास तथा प्रबद्र्धन उपसमितिःमाथिका उपसमितिहरुका सदस्यहरुको छनोट निम्न तालिम तथा प्रस्तुतिको विधिबाट हुनेछ । संलग्न हुन चाहने कम्पनीका शेयरहोल्डरहरुलाई सूचना दिई आवेदन संकलन गरिनेछ ।
१) नेतृत्व बिकास तालिम:यो सुरुवाती तालिम आवेदन दिने शेयरहोल्डरहरुको लागि हुनेछ र २ दिनको हुनेछ । यसमा कम्पनीको कार्यप्रकृति तथा सामान्य व्यवस्थापनबारे प्रकाश पारिनेछ । कम्पनीको एउटा सबल, सक्षम र कर्मठ नेतृत्व बन्न के कस्ता कुराहरुको आवश्यकता पर्नेछ भन्ने कुरा तालिमको बिषयवस्तु हुनेछ । यसमा भौतिक रुपमा ३० जनालाई संलग्न गराइनेछ । अनलाईनमा १०० जनालाई संलग्न गराउन सकिनेछ । तर नेतृत्व बिकास गर्न भौतिकरुपमै उपस्थित भएर थप कृयाकलापहरु पनि गर्न अत्यावश्यक भएकोले अनलाइन तालिम लिएकाहरुबाट मूल उपसमितिहरु गठन गरिनेछैन तर आवश्यक परेमा वैकल्पिक सदस्यहरु भने राख्न सकिनेछ ।
२) कर्पोरेट प्रणाली संचालन तालिम:भौतिक रुपमा पहिलो तालिम लिएकामध्ये बढीमा ३० जनालाई संलग्न गराइनेछ । पहिलो तालिम लिएर छाडेका प्रशिक्षार्थीहरुलाई थप प्रकृयामा सामेल गराइनेछैन । यो तालिममा कम्पनी संचालनार्थ पूँजी, जनशक्ति र प्रणालीको समुचित निर्माण, प्रयोग र लेखाजोखाको महत्वबारे बुझाइनेछ । सांगठनिक रुपमा शेयरहोल्डर, संचालक समिति, उपसमितिहरुको कार्यप्रणाली र उपादेयतामा पनि प्रशिक्षित गरिनेछ । यसमा अनलाईनमा पुराना वा नयाँ १०० जनालाई संलग्न गराउन सकिनेछ । तर नेतृत्व बिकास गर्न भौतिकरुपमै उपस्थित भएर थप कृयाकलापहरु पनि गर्न अत्यावश्यक भएकोले अनलाइन तालिम लिएकाहरुबाट मूल उपसमितिहरु गठन गरिनेछैन तर आवश्यक परेमा वैकल्पिक सदस्यहरु भने राख्न सकिनेछ ।
३) प्रस्तुतिकरण र अन्तिम छनोटःअघिल्ला २ वटा तालिम लिईसकेकाहरुबाट बिभिन्न बिषयहरुमा प्रस्तुतिकरण गराइनेछ र उत्कृष्ट प्रस्तुति दिनेहरुबाट बिभिन्न उपसमितिहरु छनोट गरिनेछ ।
लक्ष्य क्यापिटलको अन्य सबै कुराहरु, विधि र प्रकृयाहरु उस्तै रहनेछन् । यसको उपसमिति एउटामात्र रहनेछ जसलाई लगानी बिश्लेषण उपसमिति भनिनेछ ।
छनोट प्रकृयामा पहिलो तालिम र तेश्रो तहमा प्रस्तुतिकरण उस्तै रहनेछ । दोश्रो बिषयगत तालिममा भने शेयर बजार ब्यवस्थापन तालिम र घरजग्गा व्यवस्थापन तालिम बिषयहरु थप ३ दिनका रहनेछन् ।
| कामहरु | २०२२ डिसेम्बर | २०२३ जनवरी | २०२३ फरवरी | २०२३ मार्च | २०२३ अप्रेल | २०२३ मे |
|---|---|---|---|---|---|---|
| उप समितिहरुमा बस्न चाहनेहरुबाट आवेदन संकलन र नामावली तयार पार्ने | ||||||
| पहिलो तालिम संचालन गर्ने | ||||||
| दोश्रो तालिम संचालन गर्ने | ||||||
| प्रस्तुतिकरण गर्ने | ||||||
| उपसमितिहरु गठन गर्ने | ||||||
| उपसमितिहरुको अभिमुखीकरण गर्ने | ||||||
| उपसमितिहरुले कार्यारम्भ गर्ने |
समाप्त
मिति : ३० श्रावन २०७९, सोमवार
श्री संचालक समिति
श्री लक्ष्य होल्डिंङ्गस् लि.
केन्द्रीय कार्यालय, काठमाण्डौं
बिषय ः प्रोक्सी प्रतिनिधि नियुत्तिफ् गरेको बारे ।
महाशय,
....................... जिल्ला ........................ म.न.पा. र न.पा. र
गा.बि.स. वडा नं. ........br बस्ने म र हामी शुत्रफ्बार हुने प्रथम बार्षिक साधारण
सभामा म र हामी स्वयंले उपस्थित भै छलपफ्ल तथा निर्णयमा सहभागी हुन नसक्ने भएको
हुनाले उत्तफ् सभामा मेरो र हाम्रो तपफर््बाट भाग लिन तथा मतदान गर्नका लागि
.................................... जिल्ला ................... उपस्थित भै
म.न.पा. र न.पा. र गा.बि.स. वडा नं. ........ बस्ने त्यस संस्थाका शेयरधनी श्री
...................................... लाई मेरो र हाम्रो प्रोक्सी प्रतिनिधि
मनोनित गरि पठाएको छु र छौं ।
प्रतिनिधिको दस्तखतः
नामः
शेयरधनी परिचय नं.:
निवेदकको दस्तखतः
नामः
शेयरधनी परिचय नं.:
शेयर संख्याः
मितिः
शेयरधनीको दस्तखत
लक्ष्य होल्डिंग्स् लि.
मेट्रो पार्क बिल्डिंग, दोश्रो तल्ला
राजदरबार उत्तरढोका, लैनचौर, काठमाण्डौं
फोनः ९८०१०२५६२७, इमेल
,
URL: www.lakshyaholdings.com
Download Form
मिति : २३ चैत २०७८
(प्रथम पटक प्रकाशित मिति २०७८-१२-२३)
यस लक्ष्य होल्डिङ्गस् लिमिटेड मिति २०७८-१२-२२ (तदनुसार अप्रिल ०५, २०२२) गते बसेको संचालक समितिको निर्णय अनुसार विशेष साधारण सभा निम्न मिति, स्थान, र समय मा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने हुँदा सम्पुर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि अनुरोध गर्दछु ।
सभा हुने मिति, स्थान र समय
मिति : २०७९-०१-०९ गते, शुक्रवार
समय : अपरान्ह २ बजे देखि
स्थान : जूम मार्फत् हुने
छलफलका विशेष प्रस्तवहरु (एजेण्डा)
१) कम्पनिको जारि तथा चुक्ता पुँजी वृद्धि गर्ने ।
२) कम्पनिको पुँजी वृद्धि तथा संरचना परिवर्तन गर्न प्रबन्धपत्रको दफा ६ को उपदफ ख,
ग र घ संसोधन गर्ने ।
३) विविध
मिति : ९ फागुन २०७८, सोमवार
यस कम्पनीले लगानी गरि आफ्नो सहायक कम्पनीहरु बनाउँदै लैजानको लागि पूँजीको आवश्यकता रहेका, व्यवस्थापनमा विज्ञ साझेदारको आवश्यकता रहेका, व्यवसाय विस्तार गर्ने लक्ष्य राखेका उद्यमहरुमा लगानी प्रस्ताव आवेदन आव्हान गरिएको छ । प्राप्त आवेदनहरुबाट तोकिएको छनोट प्रकृयाहरु क्रमशः पूरा गर्दै अन्त्यमा उत्कृष्ट ठहरिएका प्रस्तावहरुलाई छनोट गरि लगानी गर्नेछ । छानिएका प्रस्तावलाई यस कम्पनीको समेत लगानी गरि संचालन गरिने प्रकृया अघि बढाइनेछ ।
शर्तहरुःइच्छुक कम्पनीहरुले मिति २०७८ फागुन ३० भित्र २,००० शव्दमा नबढ्ने गरि (नेपाली वा अंग्रेजी भाषामा) आफ्नो प्रस्तावको व्यवसायिक र १,००० शव्दमा नबढ्ने गरि आर्थिक तथ्यहरुको सारसंक्षेप तल उल्लेखित इमेल मार्फत् पेश गर्नुहोला । इमेल बाहेक अन्य माध्यमबाट आएका प्रस्ताव स्वीकार गरिनेछैन । प्रस्ताव छनोटको प्रतिस्पर्धाको समयमा कुनै पनि दबाब दिएमा वा अवान्छित गतिविधि गरिएमा त्यस्ता प्रस्तावहरु स्वतः खारेजीमा पठाइनेछ । प्रस्तावहरु छनोटको प्रकृया, तरीका तथा छनोटको अन्तिम अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ ।
लक्ष्य होल्डिंग्स् लि.
मेट्रो पार्क बिल्डिंग, दोश्रो तल्ला
राजदरबार उत्तरढोका, लैनचौर, काठमाण्डौं
फोनः ९८०१०२५६२७, इमेल
,
URL: www.lakshyaholdings.com
मिति : १८ माघ २०७८, मंगलवार
लगानीकर्ता साथिहरु,
हामी लक्ष्य होल्डिंङ्गस् संग सम्बन्धित सबैको लागि खुसीको खबर छ । २०२२ जनवरी २९ सम्म शतप्रतिशत शेयर रकम बुझाउनुहुनेहरुमध्ये २६६ जनाको प्रबन्धपत्र, नियमावलीमा हस्ताक्षर लिएर हामीले कम्पनी दर्ता गराएका छौं ।
सबैजनालाई हार्दिक बधाई ।
अझै पनि पहिलो चरणको शेयरहोल्डरको शेयर लगत बनाउन केहि समय लाग्नेछ । तर अब कम्पनी दर्ता भैसकेपछि २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । पहिलो चरणको शेयरहोल्डर बनि शेयर लगत कायम गराउन चाहनुहुनेहरुले शतप्रतिशत रकम कम्पनीको आधिकारिक बैंक खातामा जम्मा गर्न सक्नुहुनेछ । अब पूँजी रकम कम्पनीको आधिकारिक बैंक खातामा सर्नेछ । २०२२ फेब्रुअरी १ देखि कम्पनीको आधिकारिक बैंक खातामा जम्मा भएको रकम कम्पनीको चालू खाता भएकोले ब्याज आर्जन हुनेछैन ।
केहि समयमै हामी कम्पनीको आधिकारिक बैंक खाता उपलब्ध गराउनेछौं ।
२०२२ जनवरी ३१ सम्म संकलन भएका लगानीकर्ताहरुको रकममा बार्षिक १०.०५ प्रतिशतले हुन आउने ब्याजमा ५ प्रतिशत श्रोतमा करकट्टी गरि हिसाबले दैनिक समय र रकमको भारित अनुपातमा लगानीकर्ताहरुलाई नै ब्याज फिर्ता दिने हाम्रो प्रतिबद्धता अनुसार ब्याज भुक्तानीमा हामी काम गर्दैछौं । ब्याज भुक्तानीको हिसाब गर्ने कटअफ मिति २०२२ जनवरी ३१ रहेको छ ।
यसको लागि लगानीकर्ताहरुको बैंक खातामा ब्याज फिर्ता पठाउनको लागि लगानीकर्ताहरुले आफ्नो १३ अंकको आवेदन नम्बर लक्ष्य होल्डिंङ्गस् लि. को बेवसाइट www.lakshyaholdings.com मा सर्च बक्समा खोजी बैंक खाता विवरण अद्यावधिक गरिदिनुहुन अनुरोध छ ।
मिति : १ माघ २०७८, शनिवार
प्रिय मित्रहरु,
सम्पूर्ण नेपाल भ्रमणको कार्यक्रम रद्द भएको जानकारी दिन चाहन्छौ ।
[We would like to inform you all that "Visiting All Nepal Program" has been cancelled]
धन्यवाद ।
लक्ष्य होल्डिंग्स् लि.